भेरी अस्पतालमा भूकम्पपीडितलाई परामर्श सेवा

काठमाडाैं | कात्तिक २१, २०८०

भेरी अस्पतालमा भूकम्पपीडितलाई परामर्श सेवा

भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् ।

 

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

 

डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहनुभएको छ । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि कक्षको स्थापना गरिएको हो । 

 

भेरी अस्पताल नेपालगञ्जमा अहिले ४६ भूकम्पपीडितको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । अहिले अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ ।

 

अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्